क्वारेन्टाईनमा एक युवकको मृत्यु

 जेठ २५, २०७७

डोटी, २५ जेठ ।

डोटीको क्वारेन्टाईनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाईनमा १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टाईनमा बस्दै आएका थिए ।

आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनी मुटुको रोगी भएको बुझिएको छ । मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए ।

तपाईंको प्रतिक्रिया