दंगीशरणका किसानलाई उन्नत जातका कुखुरा

 जेठ २५, २०७७

दिप्तीशिखा चौधरी, दंगीशरण, २५ जेठ ।

दंगीशरण गाउँपालिकाको पशु शाखाले आईतबार विपन्न वर्गका किसानहरुलाई कुखुरा वितरण गरेको छ । २०७६÷०७७ को मुख्यमन्त्री ग्रामिण विकाश कार्यक्रम अन्र्तगतको विपन्न कृषकहरुलाई कुखुरा पालन सहयोग कार्यक्रम अन्र्तगत पालिकाका सात वटै वडाका किसानहरुलाई न्यु हेम्पसायर ब्ल्याक अस्ट्रालप जातका कु्खुरा वितरण गरेको पशु शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए । वडाका दुई दुई वटा समुह गरि सात वटै वडाका १४ वटा समुहका किसानहरुलाई वितरण गरिएको हो ।

एक समुहका दश र अर्को समुहका दश गरि २० जना कृषकहरुलाई कुखुरा उपलब्ध गराएको हो । जस अन्र्तगत एक कृषकलाई १० वटा कुखुरा उपलब्ध गराएको पशु शाखा प्रमुख आचार्यले जानकारी दिए । कुखुरा संगै कुखुराका लागि रीयोलाईट २ सय ग्राम, भिटामिक्स ३० एम एल, एम्प्रोभिट के. ३० ग्राम, डक्सी एन बोलस ५६० एम जी, पिप्रालिभ ३० एम एल र कुखुराको दाना ५ केजी वितरण गरिएको हो । उन्नत जातका कुखुरा पाएपछि कृषकहरु खुसी भएका छन् । पशु शाखाले किसानहरुलाई पालिकाका सबै वडाहरुमा पुगेर कुखुरा वितरण गरेको हो ।

लकडाउँनको समयमा किसानहरु कुखुरा खरीद गर्न नसकेपछि पशु कार्यालयले किसानहरुको माग लाई मध्यनजर गर्र्दै कुखुरा वितरण कार्यक्रमलाई अगामडि बढाएको जनाएको छ । कुखुरा वितरणका अवसरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले कृषि बाट आत्मनिर्भर भएका कृषकहरुले माग गरेपछि पालिकाले यो कार्यक्रमलाइ अगाडि बढाएको बताए ।

“लकडाउँनको समयमा किसानहरुको समस्यालाई कसरी पूर्ती गर्ने भनेर गाउँपालिका चिन्तीत रहेको भन्दै यी यस्ता कार्यक्रमले किसानहरुलाई केहि राहत होस् भन्ने हेतुले सामाजीक दुरी कायम गरेर भएपनि कुखुरा वितरण गरेर मुख्यमन्त्री ग्रामिण विकाश कार्यक्रमलाई सदुपयोग गरेका हौँ ।” अध्यक्ष चौधरीले भने । कुखुरा वितरण कार्यक्रममा वडा न. ३ का वडा अध्यक्ष पूर्ण बहादुर चौधरी, पशु शाखाका एकराज सुवेदि, हितराम चौधरीको उपस्थिीती रहेको थियो ।

तपाईंको प्रतिक्रिया