रोल्पामा ३ जनामा कोरोना देखिएसगैं प्रदेश ५ का बाह्रै जिल्लामा पुग्यो कोरोना

 जेठ २५, २०७७

तुलसीपुर,२५ जेठ ।

प्रदेश ५ का १२ जिल्ला मध्ये हाल सम्म कोरोना नदेखिएको जिल्ला रोल्पामा आज पहिलो पटक कोरोना पुष्टि भएको छ । रोल्पा सुनील स्मृती गाउँपालिकाका ३ जनामा कोरोजा पोजिटिभ देखिएको हो।

भेरी अस्पतालको प्रगोगशालामा गरिएको परीक्षणमा २ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परीक्षणमा एकजना गरी तीनजनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रोल्पाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया