दाङमा थपिए २ संक्रमित

 जेठ २५, २०७७

तुलसीपुर,२५ जेठ ।

दाङमा आज दुईजना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको स्वाब परीक्षणमा लमही नगरपालिका वडा नं. ५ सतबरियाका २७ बर्षीय र घोराही उपमहानगरपालिका वडा नं. १९ का २४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो संगै दाङका १० स्थानिय तहमा गरि कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

जिल्लाको दंगिरशण र शान्तीनगर गाँउपालीकामा संक्रमित भेटिएका छैनन । सबै भन्दा बढि घोराहीमा २४,बगालचुलीमा १८,लमहीमा १०,गढवामा ८,तुलसीपर र राजपुरमा ६,६ जना,राप्ती र बबईका २,२ जनामा कोरोना देखिएको छ ।

तपाईंको प्रतिक्रिया