३१४ संक्रमित थपिए

 जेठ २६, २०७७

तुलसीपुर,२६ जेठ ।

नेपालमा सोमबार थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ९, सुनसरीका १, मोरङका ९, पाँचथरका १, सप्तरीका ६, धरानका १६, जनकपुरका १५, स्याङजाका १, कास्कीका १, पर्साका ८, बाराका ७, रौतहटका ४,दाङका ४, बाँकेका १, बर्दियाका १८ र दैलेखका १० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सल्यानका ५, सुर्खेतका १, अर्घाखाँचीका ३१, गुल्मीका १, कपिलवस्तुका १६, नवलपरासीका २, पाल्पाका १, प्युठानका ८, स्पन्देहीका ५, कपिलवस्तुका ७, महोत्तरीका १२, रौतहटका ७ र सर्लाहीका १०६ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। 

तपाईंको प्रतिक्रिया