चौरजहारी घटनाको छानबिन गर्न संसदीय समिति गठन

 जेठ २६, २०७७

तुलसीपुर, २६ जेठ

रुकुम पश्चिमको चौरजहारी – ८ स्थित सोतीमा ६ जना व्यक्तिको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय समिति गठन भएको छ । सोमबार सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सांसद देवन्द्र पौडेलको संयोजकत्वजमा नौ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, महेश्वर जंग गहतराज, मीन विश्वकर्मा, राम राहायप्रसाद यादव रहेका छन् । सभामुख सापकोटाले समितिलाई ३० दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न सदनबाटै निर्देशन दिएका छन्।

सांसदहरुले लगातार घटनाको छानबिन गर्न समिति गठन गर्न माग गरेपछि सरकार पनि संसदीय समिति बनाउन तयार भएको हो । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ स्थित सोतीमा यही जेठ १० गते अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा ६ जना युवाको मृत्यु भएको थियो।

तपाईंको प्रतिक्रिया