रूपन्देहीमा पाँच जनाको हत्या

 जेठ २७, २०७७

तुलसीपुर,२७ जेठ ।

रूपन्देहीमा पाँचजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँचजनाको हत्या भएको हो । स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच अन्य कामदारको हत्या गरी जानकारी आएको प्रहरीले बताएको छ ।

फरार भएका हत्या आराेपी सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा–१० बाट पक्राउ गरेकाे छ । घटनामा गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीले ज्यान गुमाएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । आरोपित सिंजाली सामान्य भएपछि बयान लिने प्रहरीको तयारी छ । 

तपाईंको प्रतिक्रिया