कोरोना अस्पताल बेलझुण्डीबाट ३ जना डिस्चार्ज

 जेठ २७, २०७७

तुलसीपुर,२७ जेठ ।
दाङ बेलझुण्डीमा रहेको कोरोना विषेश अस्पतालबाट आज ३ जना डिस्जार्च भएका छन । रुपन्देहीका उनिहरुलाई निर्देशिका अनुसार १४ दिन आईसोलेसन पश्चात डिस्चार्ज गरिएको अस्पतालका सदस्य सचिव डा.सर्वेस शर्माले जानकारी दिएका छन ।

उनका अनुसार अस्पतालमा अव ४८ जना रहेका छन । हिजो बगँलाचुलीका ३ जना र प्युठानका १ जना थपिएका छन ।

तपाईंको प्रतिक्रिया