दाङमा थपिए ६ संक्रमित

 जेठ २७, २०७७

तुलसीपुर, २७ जेठ ।

दाङमा आज ६ जनामा कोरोना पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाको एउटै वडामा आज ६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ सवारीकोटका ६ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएका २१ देखि ३७ वर्षसम्मका पुरुष रहेका छन् ।

उनिहरु भारतका विभिन्न ठाउँबाट आएर सवारीकोटको आधारभूत विद्यालय र खानेपानीको भवनमा स्थापना गरिएको क्वारेन्टिनमा बस्दै आएका थिए । । घोराहीमा मात्रै संक्रमितको संख्या ३१ पुगेको छ । थप ६ जनामा संक्रमण पुष्टि भएसंगै दाङमा संक्रमितको संख्या ८६ पुगेको छ ।

तपाईंको प्रतिक्रिया