बलात्कारको प्रयासमा पश्चिम दाङमा एक जना पक्राउ

 जेठ २७, २०७७

तुलसीपुर,२७ जेठ ।

बलात्कार गर्न खोजेको आरोपमा पश्चिम दाङमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–५ सलौरा निबासी २४ बर्षका हेमराज केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ओरापीलाई प्रहरीले गएराति पक्राउ गरेको थियो ।

सडक बाटोको छेउमा रहेको बाँसघारीमा एक महिलालाई लगि बलात्कारको प्रयास गरेका थिए ।उनलाई जवरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत घोराही दाङबाट १० दिनको म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया