विश्वभर कोरोना : ७१ लाख ८५ हजार संक्रमित, ४ लाख ८ हजारको मृत्यु

 जेठ २८, २०७७

काठमाडौं- विश्वभर ७१ लाख ८५ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १९ लाख ७३ हजार ८ सय ३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ७ लाख ७ हजार ४ सय १२, रुसमा ४ लाख ८४ हजार ६ सय ३०, बेलायतमा २ लाख ९० हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख ८ हजार ९ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख ११ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ। त्यस्तै, बेलायतमा ४० हजार ९ सय ६८, ब्राजिलमा ३७ हजार १ सय ३४, इटालीमा ३४ हजार ४३ जनाको मृत्यु भएको छ।

विश्वभर ३३ लाख ५२ हजार ६ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ५ लाख १८ हजार ५ सय २२ छ। त्यस्तै, ब्राजिलमा ३ लाख ८९ हजार ४ सय ८८, रुसमा २ लाख ४१ हजार ९ सय १७, जर्मनीमा १ लाख ७० हजार १ सय २९ जना संक्रमणमुक्त भएका छ्न्।

नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार नाघेको छ। अहिलेसम्म ४ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ५ सय ८४ जना संक्रमणमुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिक्रिया