सुईटर बुन्न सिके आठबिसकोटका महिलाहरु

 जेठ २८, २०७७

हिरा परियार,रुकुम पश्चिम,२८ जेठ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ मा सञ्चालीत ३ महिने सुइटर बुनाई तालिमको समापन गरिएको छ । नगरपालीका ९ मा रहेको लक्ष्मी नारायण कृषि सहकारी संस्था लिमिटेडको आयोजना र नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उपशाखाको आर्थिक सहयोगमा गएको माघ ५ गतेबाट सुरु भएको तालिमको आज एक कार्यक्रमका बिच समापन गएिको हो ।

उपशाखाको ४ लाख ८५ हजार सहयोगमा तालिम आयोजना गरेको लक्ष्मी नारायण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष भृकुटी कुमारी चन्दले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त तालिममा सहकारीका १० महिला सदस्यहरुलाई छनोट गरि सहभागि गराइएको थियो । तालिममा सहभागिले हाते मेसिनबाट सुइटर बुन्न सिकेका छन । लकडाउनको बिचमा पनि बिषेश सर्तकता अपनाउदै तालिम सिकाएर सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

यस्तै सुइटर बुनाई तालिम समापन कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका प्रमुख अतिथि तथा आठबिसकोट नगरपालिका प्रमुख गोर्ख बहादुर केसीले आगामि दिनमा नगरपालिका सुइटरमा आत्मनिर्भर हुन सक्ने कुरामा जोड दिनुभएको छ । यस्तै जाडोको समयमा नगरपालिकाले ब्याज तिर्दिने गरि बैँकबाट ऋण कारेर पनि सुइटर उत्पादनमा लगानी गर्न सकिने उहाँले बताउनुभयो ।

यो अप्ठ्यारोको बेलामा महिलाहरुले सम्भावना देखेर उत्पादनमा जोड दिन सके आत्म निर्भर बन्न सकिने उहाँको भनाई छ । यस्तै सजिलो जिबन यापनका लागि सिप सिक्न जरुरी रहेको वडा नं ९ का वडाध्यक्ष तारक बहादुर शाहीको भनाई छ । यहाँ सिकेको सिपलाई जिबन उपयोगि बनाउन पनि तालिमका सहभागिहरुलाई आग्रह गर्नुभयो ।

यसैबिच ३ महिने सुइटर बुनाई तालिम कुशतापुर्बक सम्पन्न गराउन सहयोग गरेको भन्दै तालिमका प्रशिक्षक निशा कामीलाई प्रशंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । यस्तै सहकारीलाई बिषेश योगदान पु¥याएको भन्दै सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष सेर बहादुर वलीलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । तालिममा नियमित रुपमा सहभागी रेखा शर्मा,कमला शर्मा,प्रेमा शाहि,कल्पना पौडेल,सुस्मा बस्नेत,डम्बरी बस्नेत,धनमाया चन्द र हिरा घर्तिलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष भृकुटी कुमारी चन्दको अध्यक्षता तथा नगर प्रमुख केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष सेर बहादुर वली,दिपज्वली आधारभुत बिधालयका प्रधानाध्यापक धर्म बहादुर चन्द,उद्योग बाणिज्य संघ आठबिसकोटका अध्यक्ष दिनेश चन्द,कालीका महिला बहुउदेशिय सहकारी संस्थाका अध्यक्ष गंगा शाह लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकि सचिब रिता गौतमले गर्नूभएको थियो ।

तपाईंको प्रतिक्रिया