नक्सासम्बन्धी संशोधन विधेयक पारित गर्ने कार्यसूची तय

 जेठ ३०, २०७७

काठमाडौं,३० जेठ ।

शनिबार नक्सासम्बन्धी संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र दफाबार छलफल पछि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

सम्भावित कार्यसूची अनुसार शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

दफाबार छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ ।

तपाईंको प्रतिक्रिया