काेराेना : ४ लाख २७ हजारकाे ज्यान गयाे

 जेठ ३१, २०७७

तुलसीपुर,३१ जेठ ।

 विश्वमा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या शनिबार बिहानसम्म  ४ लाख २७ हजार ६ सय १५ पुगेकाे छ । संक्रमणाबाट गएकाे २४ घण्टामा मात्रै  ४ हजार ५  सय ८९  ले जीवन गुमाएका छन् । विश्वका अधिकांश देशमा फैलिइसकेकाे काेराेना भाइरसकाे संक्रमणका कारण मानिसकाे ज्यान जाने क्रम जारी छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ ।पछिल्लाे समय नेपालमा पनि संक्रमितकाे संख्या अत्यधि बढिरहेकाे छ ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चाैथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनकाे पछिल्लाे अपडेट अनुसार ७७ लाख २४ हजार ६ सय १५ जना काेराेनाभाइरसबाट संक्रमित भएका छन् । संक्रमित मध्ये ३९ लाख १६ हजार चार सय ७८ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका ३० लाख भन्दा बढीकाे स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म २१ लाख १६ हजार २ सय  ७२ जना संक्रमित भएका छन् । त्यस्तै १ हजार १६ सय ८ सय १७ जनाको संक्रमणबाट ज्यान गएको छ भने ८ लाख ३९ हजार ८ सय १७ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १६ हजार ६ सय ६ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

अहिलेसम्म भाइरसको संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी संक्रमितको  ज्यान गएको छ ।विगत २४ घण्टामा मात्रै अमेरिकामा २६ हजार ५ सय ७१ जनामा संक्रमण भएकाे छ भने ७ सय ८३ जनाकाे मृत्यु भएकाे छ । नेपालमा अहिलेसम्म  ५ हजार ६२ जनामा संक्रमण देखिएको छ । ८ सय ७७ जना पूर्ण स्वस्थ भई घर फर्किएका छन् । संक्रमणबाट १६ जनाकाे ज्यान गएकाे छ ।

तपाईंको प्रतिक्रिया