परिवर्तन पक्षधर मौन बस्दा प्रतिगमन चाहनेको मनोवल बढ्यो : नेतृ बराल

 जेठ ३१, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी युवा नेतृ तथा अनेरास्ववियु पूर्व उपाध्यक्ष सुनिता बरालले परिवर्तन पक्षधरहरु मौन बसेकाले प्रतिगमन चाहनेहरुको मनोवल बढेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत नेतृ बरालले आन्दोलनहरुले जहिलै सिर्जनात्मक भूमिका र सकारात्मक उपलब्धि ल्याउछ भन्ने नहुने भन्दै सचेत वर्गलाई मौनता तोडेर राष्ट्रियता र राजनीतिक उपलब्धि रक्षाका लागि जुट्न आह्वान गर्नुभएको छ ।

बरालले लेख्नुभएको छ :
आन्दोलनहरुले जहिलै सिर्जनात्मक भुमिका र सकारात्मक उपलब्धी ल्याउछ भन्ने हुदैन । शताब्दीऔ लामो सामन्तवादका बिरुद्ध नेपाली नागरिकका पुस्तौको बलीदानले ल्याएको राजनीतिक परिवर्तन र पुर्खाले लडेर जोगाएको भुमि रक्षासङ्ग जोडिएको स्वाभिमानका बिरुद्ध हुने जुनसुकै आन्दोलन नेपालीका लागि अस्वीकार्य छ । राजनीतीक उपलब्धी र स्वाभिमानका बिरुद्ध हुने आन्दोलन जनपक्षीय हुन सक्दैन ।
परिवर्तन पक्षधरहरु पनि मौन बस्दा प्रतिगमन चाहनेहरुको मनोबल बढिरहेको छ । सचेतवर्गले मौनता तोडौ, राष्ट्रियताका पक्षमा एकजुट होऔ।

तपाईंको प्रतिक्रिया