उरहरी क्वारेन्टाईनमा रहेका ५४ जनाको स्वाव संकलन

 जेठ ३१, २०७७

तुलसीपुर,३१ जेठ ।

तुलसीपुर ११ उरहरी क्वारेन्टाईनमा रहेका ५४ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । भारतका विभिन्न स्थानबाट आएका उनिहरुको स्वाव परीक्षणका लागि राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाईएको उपमहानगर अन्र्तगत कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका ल्याव टेक्नीसियन जय प्रकाश ओलीबाट स्वाब लिइएको हो । यस अघि उरहरी क्वारेन्टाईनमा रहेका २० जनाको स्वाव परीक्षण गर्दा नेगेटिभ आएपछि उनिहरुलाई घर पठार्ईएको थियो । हाल क्वारेन्टाईनमा ७८ जना रहेको उरहरी श्वास्थ्य चौकिका ईन्चार्ज चित्र बहादुर वलीले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया