दाङका २ सहित २७३ जनामा कोरोना पुष्टि

 जेठ ३१, २०७७

तुलसीपुर,३१ जेठ ।

नेपालमा एक पाँच वर्षीय बालक सहित थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पुष्टि गरेको छ । योसँगै नेपालमा कोभिड १९ बाट ज्यान जानेको सङ्ख्या १८ पुगेको छ । आज नै २७३ जनाको कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५,३३५ पुगेको छ।

थपिएका संक्रमितमा दाङका २ जना रहेका छन । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बगलाचुलीका वडा नम्बर ६ का २५ र ४२ बर्षका २ जनामा पोजेटिभ देखिएको हो । यो सगैं जिल्लामा संक्रमतिको संख्या ९६ पुगेको छ ।

तपाईंको प्रतिक्रिया