कोरोना संक्रमणबाट गुल्मीमा एक जनाको ज्यान गयो

 जेठ ३२, २०७७

तुलसीपुर,३२ जेठ ।
गुल्मीमा अर्का एक युवाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका २७ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । उपचारको क्रममा ती युवाको तम्घासस्थित आइसोलेसनमा मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो ।

मृतक युवा क्यान्सर रोगबाट पीडित रहेको अर्यालको भनाइ छ । स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि भने गरेको छैन । तीन साता अघि गुल्मीकै ४१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । गुल्मी मदाने गाउँपालिका–६ का युवाको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

तपाईंको प्रतिक्रिया