दाङमा अाज ४६ संक्रमित थपिए

 जेठ ३२, २०७७

तुलसीपुर , ३२ जेठ ।
दाङमा आज एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको हो । बंगलाचुलीका मात्रै ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।

बगंलाचुली गाउँपालिका–६ को एउटै क्वारेन्टाइनमा रहेका ४४ जनामा संक्रमण देखा परेको छ । उनिहरु ३२ महिला र १२ जना रहेका छन् । उनिहरु २ बालकदेखि ५४ वर्ष सम्मका रहेको स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

त्यस्तै बबई गाउँपालिकाका–२ का २० वर्षका पुरुष र तुलसीपुर उपमहानगरपालिका–१७ का २७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको फोकल पर्सन चन्दले जानकारी दिनुभयो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या १४३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया