रुकुम घटना: ६ जनाकाे क्रुरतापूर्वक हत्या गरेकाे निश्कर्ष

 जेठ ३२, २०७७

तुलसीपुर ,३२ जेठ

रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ ।महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ।

प्रहरीले जेठ १० गते साँझ जाजरकोटका नवराज बिक र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमा फालिएको निष्कर्ष निकालेको छ।

कार्यालयले अभियुक्तहरूलाई आजन्म कैदको माग गरेको प्रवक्ता रेग्मीले बताए। ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन्।नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ। मतियारको कसुरमा दोषी प्रमाणित भए आजन्म कैदको आधा सजाय हुन्छ।

प्रहरीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र अर्का एक जना नाबालक छन्। नाबालकको हकमा आधा सजाय हुन्छ।अधिबक्ता रामचन्द्र गौतमका अनुसार सोमबारदेखि नै वयान सुरु हुने भएको छ। काठमाडौंमा कार्यरत गौतम पीडितका पक्षमा बहस गर्न रुकुम पुगेका हुन्।

सेताेपाटि बाट

तपाईंको प्रतिक्रिया