दाङमा थप ४३ जनामा कोरोना पुष्टि

 असार ०१, २०७७

तुलसीपुर,१ असार ।

दाङमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाका ४२ र बंगलाचुलीका एक जनामा कोरोना संक्रमण देखिएको हो । घोराहीका १९ संक्रमित रिपोर्ट आउन ढिला हुदा क्वारेन्टाईनबाट घर गएका थिए।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । यो सँगै दाङमा संक्रमितको संख्या १ सय ८६ जना पुगेको छ ।

तपाईंको प्रतिक्रिया