दङगीशरणमा ५ सय मेट्रीक टन क्षमताको शीत भण्डार बन्दै

 असार ०१, २०७७

दिप्तिशिखा चौधरी,दङ्गिशरण,१ असार ।
दङगीशरण गाउँपालिकामा ५ सय मेट्रीक टन क्षमताको शीत भण्डारको सिलान्यास गरिएको छ । शीत भण्डारको आज गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीद्वारा सिलान्यास गरिएको हो । संघिय सरकार र स्थानीय सरकारको लागत साझेदारीमा शीत भण्डार निमार्ण हुन लागेको हो । सङ्घिय सरकारको ५४ लाख र स्थानिय सरकारको ८० लाख गरि जम्मा १ करोड ३४ लाखको लागतमा शीत भण्डार निर्माण हुन लागेको हो ।

शीत भण्डार निर्माण पश्चात् दङ्गिशरण बासिहरु कृषिजन्य बस्तुको भण्डार गर्न पाउनेछन् । सिलान्यास कार्यक्रममा दङ्गिशरणको समृद्धिका लागि, आर्थिक बृद्धिदरका लागि कृषि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताउदै पालिकाका अध्यक्ष भागिराम चौधरीले कृषि क्रान्ति बिना देशलाई समृद्ध तिर लग्न सम्भव नभएकोले कृषि क्षेत्रलाई जोड दिन आग्रह गरे ।

स्थानिय सरकारले हरेक क्षेत्रमा फड्को मार्न लगानि गर्नमा कन्जुस्याइँ नगरेको भन्दै अध्यक्ष चौधरिले नागिरकहरु आफु सङ्गै हातेमालो गरेमा अझ दङ्गिशरणको विकाश निर्माण र समृद्धिमा टेवा पुग्ने बताए । सिलान्यास कार्यक्रममा वडा न। ४ का वडा अध्यक्ष नेव बहादुर कवर, कृषि शाखाकि योगमाया कवर,स्थानियको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया