१ सय १७ जना निको भएर घर गए, ३ सय ८० थपिए

 असार ०२, २०७७

तुलसीपुर,२ असार ।
आज नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या साढे ६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ सय ८० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो ।

मंगलबार १ सय १७ गरी आजसम्म १ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना छन् ।

तपाईंको प्रतिक्रिया