महिलाहरुको लागि छुट्टै क्वारेन्टाइन बनाउन माग

 असार ०२, २०७७

तुलसीपुर,२ असार ।

राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहा नगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाकी दिलकुमारी रावलले कैलालीको शहीद माविको क्वारन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने गर्नुभयो ।

उहाँले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित छुट्टै जिल्लागत क्वारेन्टाइनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न पनि उहाँले माग गर्नुभयो । नेकपाकै सांसद महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले देशैभरी क्वारेन्टाइनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टाइनमा भएको बलात्कार घटनाका दोषीमाथि कडा कारवाही गर्न माग गर्नुभयो ।

उहाँले मापदण्ड विपरित सञ्चालन गरिएका क्वारेन्टाइन तत्काल व्यवस्थित गर्नुपर्ने माग गर्नुभयो ।

तपाईंको प्रतिक्रिया