ब्राउनसुगर सहित २ जना पक्राउ

 असार ०४, २०७७

तुलसीपुर, ४ असार ।
ब्राउनसुगर सहित तुलसीपुरमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१ भमके निबासीे लोक बहादुर थापा र घोराही उपमहानगरपालिका–१५ निबासी सरिता परियार पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घोराहीबाट रा४प २८७६ नम्बरको मोटरसाईकलमा आउँदै गरेको अवस्थामा ३३ हजार नगद सहित एक ग्राम ३४० मिलिग्राम खैरो ब्राउनसुगर सहित दुधरासबाट उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका मध्य सरिता गएको जेठ २३ गते तुलसीपुरको दमारगाउँमा एम्बुलेन्स सहित पक्राउ परेका शंकर पुनको श्रीमती रहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया