तुलसीपुर बजार १२ वजे सम्म मात्रै खुल्ने

 असार ०४, २०७७

तुलसीपुर,४ असार ।
कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर तुलसीपुर बजार १२ वजे सम्म मात्रै खुल्ने भएका छन । तुलसीपुर उपमहानगरपालिकामा वसेको सरोकारवालाको वैठकले अत्यावश्यक वाहेकका पसल १२ वजेपछी वन्द गर्ने निर्णय गरेको हो । जिल्ला संकट व्यवस्थापन समितिले दाङ्गभर साझ ५ वजेपछी पसल वन्द गर्ने निर्णय गरेको थियो । तुलसीपुरमा तत्कालका लागि कोरोना पोजेटिभको संख्या न्युन भएपनि संक्रमणको चुनौति भएको भन्दै यस्तो निर्णय गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

भेटेनरी, औषधि लगायतका पसलहरु साँझ ५ वजेसम्म खुल्ने भएपनि अन्य पसलहरु भने १२ वजेपछी वन्द हुने छन । सरोकारवाला सबै पक्षको सहभागिता रहेको वैठकमा सञ्चालन भएका कार्यालयहरुमा भौतिक दुरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ । व्यापारीका पनि धेरै समस्या भएको भन्दै त्यसको समाधानका लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत विरुले जोड दिएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवहादुर सिंहले लकडाउनको समयमा पनि मदिरा सेवन गरेर होहल्ला गर्ने क्रम चलिरहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको वताएका थिए । उनले लकडाउनका बारेमा स्पष्ट निर्णय नहुँदा अलमल पर्ने बताएका थिए । कार्यक्रममा विभिन्न व्यापारी,राजनीतिक दलका प्रतिनिधि लगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया