दलित विद्यार्थी संघको स्थापना दिवसमा फलफुल वितरण

 असार ०४, २०७७

तुलसीपुर, ४ असार ।

नेपाल दलित संघको भातृसंगठन नेपाल दलित विद्यार्थी संघको १२औ स्थापना दिवसका अवसरमा आज फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल दलित विद्यार्थी संघ दाङले दिवसको अवसरमा एक कार्यक्रम गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको हो । सोहि कार्यक्रममा बोल्दै नेपाली काग्रेस दाङका सभापति कृति बहादुर खड्काले भातृसंगठनलाई चलाएमान बनाउनुपर्नेमा जोड दिएका छन् ।

विद्यार्थी संघ दाङका अध्यक्ष कलसिंह विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय सदस्य जोगेन्द्र विश्वकर्माले दलित र गैरदलित हातेमालो गर्नु अहिलेको आबश्यकता भएको बताएका छन् । सो अवसरमा तरुण दल दाङका अध्यक्ष टिका घर्ति, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाल विद्यार्थी संघका अध्यक्ष टोप बहादुर बुढाथोकी र दलित संघका केन्द्रिय उपाध्यक्ष खेमराज विश्वकर्माले बोलेका थिए ।

नेपाल दलित विद्यार्थी संघका जिल्ला सदस्य पवित्रा सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघकी सहसचिव सुसिला परियारले गरेकी थिईन् ।

तपाईंको प्रतिक्रिया