प्रदेश ५ मा एकैदिन ८ जनाले आत्महत्या गरे

 असार ०५, २०७७

तुलसीपुर,५ असार ।

बुधार मात्रै पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा ८ जनाले आत्महत्या गरेका छन । बर्दियामा ३,नवलपरासिमा १, गुल्मीमा १ पाल्पामा २, र अर्घाखाचिमा १ जनाले आत्महत्या गरेको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । गुल्मीको रेसुङ्गा नपा ११ सिमिचौर बस्ने बर्ष ३० कि मानसिक सन्तुलन ठिक नभएकी हिरा बस्नेत, अर्घाखाँची सितगंगा नगर पालीका ५ जुकेना स्थित हरी माविको क्वारेण्टाइनमा बसेका बर्ष ४३ को देब बहादुर बिक र नवलपरासी सुस्ता गापा ४ बिर्ता बस्ने वर्ष २६ की लक्ष्मी कोईरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै,,एकै दिन बर्दियामा ३ जनाले झुण्डीएर आत्महत्या गरेका छन । बारबर्दिया नपा ३ ठगपुर बस्ने बर्ष २५ को गिरिजाप्रसाद थारु,बाँसगढी नपा ४ मगरपुर बस्ने बर्ष ३२ को थमन सिंह सुनार र मधुबन नपा ४ माचड बस्ने बर्ष ८४ को बाचु थारुले आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेका थिए । यस्तै, पाल्पा रिब्दिकोट गापा ८ पेलाचौर बस्ने बर्ष ३२ की रेवन्ती बगाले, रम्भा गापा ४ हुमिन बस्ने बर्ष ३६ को लक्ष्मण बिक पनि आफ्नै घरमा आत्महत्या गरेको र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान भई रहेको प्रदेश प्रहरी कार्यालयका प्रबत्ता प्रहरी बरिष्ठ उपरीक्षक राज कुमार बैदवारले जानकारी दिएका छन ।

पछिल्लो समय सोचेभन्दा बढि इच्छाशक्ति राखेर पुरा गर्न नसक्ने, मानसिक तनाव झेलेर आफ्नै विवेक प्रयोग गर्ने र पारीवारीक कलह लगायतका कारण मानिस आत्महत्याको बाटा रोज्ने गरेको छ । यसको रोकथामका लागि समाजमा परामर्श र जनचेतनामुलक कार्यक्रम नहुदा आत्महत्या बढेको पाईएको छ ।

तपाईंको प्रतिक्रिया