तुलसीपुरका ५ सहित ११ सङ्क्रमित थपिए

 असार ०७, २०७७

तुलसीपुर ,७ असार ।

दाङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा प्रतिष्ठानका एक कर्मचारीसहित ११ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उमपहानगरपालिकाका ५, गढवा गाउँपालिकाका ३ जना, घोराही उपमहानगरपालिकाका २ जना र रोल्पा ठेगाना भएका प्रतिष्ठानका एक कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३, १६ र १८ का १९ वर्षका २, १६, ३३ र ३९ वर्षका १/१ जना गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गढवा गाउँपालिका वडा नम्बर १, २ र ५ का १४, २४ र २५ वर्षका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १ र ३ का ३२ र ३४ वर्षका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रतिष्ठानका कर्मचारी रोल्पा नगरपालिका–७ का २५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

तपाईंको प्रतिक्रिया