धान रोप्दै किसान

 असार ०८, २०७७

तुलसीपुर,८ असार ।
समयमै बर्षात हुदा किसानहरु यतिवेला खुसी भएका छन । खेती गर्ने समयमा पानी नपर्दा समस्यामा हुने किसान भने यस बर्ष खुसी देखिन्छन । उनिहरु अहिले धान रोपाई गर्न ब्यस्त छन । पश्चिम दाङको मोतीपुर,सुकौरा,बेलटाकुरा, कटहा,उरहरी,नवलपुर ,दंशिगशरण लगायतका क्षेत्रमा किसानहरुले धान रोपाई थालेका छन ।

यस बर्ष समयमै मल,विउ र बर्षात हुदा धान उत्पादनमा बृद्धि हुने किसान माधव चौधरी बताउछन । कृषि ज्ञान केन्द्र दाङका अनुसा्र विगतमा जिल्लामा रहेको खेती योग्य जमिन बाझो हुने गरेकोमा यस बर्ष बढ्ने अनुमान गरिएको छ ।।

तपाईंको प्रतिक्रिया