ओखलढुंगामा एक जनामा कोरोना पुष्टि, ७६ जिल्लामा पुग्यो कोरोना

 असार ०८, २०७७

तुलसीपुर,८ असार ।

ओखलढुंगामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै ओखलढुंगा कुरोना पुष्टि हुने ७६ औँ जिल्ला बनेको हो । भारतबाट फर्किएका उनको पीसीआर रिपोर्टमा कोरोना देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो।

भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । अब कोरोनो नपुगेको जिल्ला एक मात्र बाँकी रहेको छ । रसुवामा अझै कोरोनाको सङ्क्रमण देखिएको छैन ।

तपाईंको प्रतिक्रिया