बबईको नीति तथा कार्यक्रम: कृषि र स्वास्थ्य प्राथमिकतामा

 असार ०८, २०७७

अर्जुन परियार, हापुरे,८ असार ।
बबई गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक भएको छ । गाउँपालिकाको सातौ गाउँ सभा मार्फत गाउँपालिकाका अध्यक्ष भुवनेस्वर पौडेलले सोमबार नीति तथा कार्यक्रम सार्बजनिक गर्नु भएको हो । गाउँपालिकाको निती तथा कार्यक्रममा कृषि, पशुपालन तथा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । गाउँसभाले कोरोना भाईरस महामारीका कारण मुलुकको अवस्था असहज र बन्दाबन्दिका कारण जनजीवन प्रभावित भईरहेका बेला विदेशबाट रोजगारी गुमाई फर्किएका नागरिकहरुको रोजगारी सिर्जना र कारोना कोरोना महामारी रोकथाम र नियन्त्रण का लागि कृषि, पशुपालन र स्वास्थ्य क्षेत्र गाउंपालिकाको प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाई समृद्ध बबई निर्माणका र यूवाहरुलाई रोजगार बनाउने यद्धेश्यले भैसीपालन, वाख्रापालन, वंगुरपालन, कुखुरापालन, मौरीपालन र फलफूल खेती लगाएतका कार्यलाई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ । साथै धान, मकै र गँहु उत्पादन वृद्धिका कार्यक्रम संचालन गरिने निती तथा कार्यक्रममा समेटिएको छ । निती तथा कार्यक्रममा कृषकहरुको उत्पादनलाई बजारीकरण गर्नका लागि “पालिका कोशेली घर” संचालन गर्ने पनि उल्लेख गरिएको छ ।

कोरोना भाइरसको रोकथाममा प्रत्यक्ष खटिने कर्मचारीको मनोबल उच्च राख्न तलबको शत प्रतिशत भत्ता र बिमाको लागि बजेट बिनियोजनको ब्यबस्था मिलाउने निती तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै बबई गाउंपालिकाका स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढाइ मातृ तथा नवशिशु स्वास्थ्य र पोषण स्थितीमा सुधार ल्याउन सुत्केरी गराउन आउने आमाहरुलाई “सुत्केरी पोषण कार्यक्रम” संचालन गरिने पनि कार्यक्रममा राखिएको छ । सुत्केरी पोषण कार्यक्रम” अन्र्तगत नेपाल सरकारले उपलब्ध गराउने रकममा दुई हजार थप गरी उपलब्ध गराईने पनि निती तथा कार्यक्रममा रार्खिको छ ।

त्यस्तै निती तथा कार्यक्रममा गाउँपालिकाले पुरन्धारा झरणा देखि गंगटे सडक, मनमोहन चक्रपथ, पुष्पलाल मार्ग, गंगाालाल मार्ग, श्रीमणि मार्ग, हापुरे पातिहाल्ना सडक, ज्वाला मार्ग, बबई मार्ग लगायतका सडकहरु संघीय सरकार, प्रदेश सरकार संगको समन्वय तथा गाउंपालिकाको आफ्नै स्रोत बाट स्तरोन्नती गर्ने योजना बनाएको छ । त्यस्तै बबई गाउँपालिका देखी नेपालगंज वाँके जोड्ने सडक र हापुरे देखि धागेछहरा हुंदै सल्यान जोड्ने सडक निर्माणका लागि प्रदेश तथा संघीय सरकार संग समन्वय गरि बजेट ब्यबस्थापन गर्ने पनि निती तथा कार्यक्रममा समेटिएको छ ।

बबई गाउँपालिकाको निती तथा कार्यक्रममा हरित विद्यालय बनाउन सफल हुने विद्यालयलाइ प्रोत्साहन अनुदान दिने, सबै माविलाई पुस्तकालय,आइसिटील्याव र विज्ञान प्रयोगशाला पु¥याउने कार्यलाई निरन्तरता दिने, उत्कृष्ट सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने,सामुदायिक विद्यालयमा अध्ययन गर्ने निम्न वर्गका विद्यार्थीहरुलाई पोशाक, किताव, कापी, कलम निशुल्क उपलव्ध गराउने लगाएतका कुरा समेटिएको छ ।

सोमबार सम्पनन सातौ गाउँसभा मार्फत अध्यक्ष पौडेलले प्रस्तुत गर्नु भएको निती तथा कार्यक्रमलाई संसोधन सहित पारित गरि आगामी गाउँपालिकाको अर्को गाउँसभा असार १० गते दिउसो १ वजे सम्मका लागी स्थगित गरिएको छ ।

तपाईंको प्रतिक्रिया