ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थानमा

 असार १०, २०७७

असार,१०

स्पेनीस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थान कायम गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो । बार्सिलोनाको जितमा खेलको ७१ औं मिनेटमा इभान राकिटिचले गोल गरे । जितपछि बार्सिलोनाले तीन अंक जोड्यो । बार्सिलोनाले दोस्रो स्थानको रियलसँग तीन अंकका अग्रता बनाएको छ ।

३१ खेलमा बार्सिलोनाको ६८ अंक छ भने एक खेल कम खेलेको रियलको ६५ अंक छ । ला लिगामा एट्लेटिको मड्रिडले लेभान्टेलाई एक शून्यले हराएको छ भने अर्को खेलमा भालाडोलिड र गेटाफेले बराबरी खेलेका छन् ।

तपाईंको प्रतिक्रिया