स्थानीय सरकारहरूले आज बजेट सार्वजनिक गर्दै

 असार १०, २०७७

तुलसीपुर,१० असार ।

स्थानीय सरकारहरूले आज बजेट सार्वजनिक गर्दैछन् । नीतिगत व्यवस्था अनुसार आगामी आर्थिक वर्षका लागि ७ सय ५३ वटै स्थानीय तहले आज बजेट सार्वजनिक गर्नुपर्छ । बजेटको आय व्यय विवरण र कार्यक्रम तयार बनाइसकेका स्थानी सरकारले यसपटक नागरिकसँग सम्वाद नै नगरि बजेट ल्याउन लागेका छन् ।

बजेट ल्याउनुअघि गर्नुपर्ने वडादेखिको तहगत छलफल यसपटक गरेका छैनन् । संघ र प्रदेश सरकारजस्तै स्थानीय सरकारले पनि रोजगारी, कृषि र स्वास्थ्यलाई प्राथिकतामा राख्दै बजेट तयारी गरेका छन् । संघ सरकारले बजेट सार्वजनिक गरेको २७ दिन र प्रदेश सरकारले बजेट ल्याएको १० दिनपछि पालिकाले बजेट प्रस्तुत गर्न लागेका हुन् । पालिकाले पेस गरेको बजेट सभाबाट स्वीकृत भएपछि मात्रै खर्च गर्न सक्छन् ।

तपाईंको प्रतिक्रिया