बबईको बजेट ४६ करोड

 असार १०, २०७७

अर्जुन परियार, हापुरे,१० असार ।

बबई गाउँपालिकाको सातौ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७७÷७८ का लागी ४६ करोड बढीको वजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष साबित्रा बिस्वकर्माले कुल ४६ करोड २१ लाख ५६ हजार ३ सय ६१ रुपैया बराबरको वजेट प्रस्तुत गर्नु भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि बिकास तर्फ १ करोड १२ लाख, पशुबिकासमा ७० लाख ५० हजार, कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागी ५० लाख रुपैया बिनीयोजन गरेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा रु १ करोड ५२ लाखको वजेट प्रस्तुत गरिएको छ । त्यसैगरी गाउँपालिकाले लैङ्गीक समानता तथा सामाजिक समाबेसीकरण र लक्षति बर्गका कार्यक्रमहरुका लागी ७३ लाख ९५ हजारको वजेट ल्याएको छ ।

कृषी उपज बस्तुहरुको उत्पादन, प्रसोधन र भन्डारणमा सहयोग पु¥याउन ग्रीन हाउसको निर्माणको लागी ४० लाख, कृषी उत्पादनको वजारीकरणका लागी स्थापना गरिने पपालिका कोसेली घरको लागी १० लाख, पशुपालक कृषकहरुको प्रोहत्सानको लागी सञ्चालन गरिने पशु पोषन कार्यक्रमको लागी १० लाख रुपैया बिनियोजन गरिएको छ । त्यस्तै गाउँपालिका भित्रका बिभीन्न ठाउँबाट संकलन गरिने फोहोर ब्यबस्थापनका लागी डम्पीङ साईड निर्माण गर्न ८ लाख बिनीयोजन गरेको छ ।

त्यस्तै गाउापालिकाले सबै बालबालिकालाई आधारभुत तह सम्म अनिबार्य निशुल्क तथा माध्यामिकतह सम्म निशुल्क शिक्षा प्रदान गर्ने संबैधानिक ब्यबस्थालाई पुर्णरुपमा कार्यान्वयन गराउन शिक्षा क्षेत्रमा रु १ करोड १२ लाख रुपैया बिनियोजन गरेको छ । सडक तथा पुल निर्माण तर्फ २ करोड ७५ लाख १०, खानेपानी सुधार योजना तर्फ ४९ लाख ५० हजार, सिचाई तथा नहर निर्माण तर्फ १ करोड ५९ लाख ४० हजार रुपैया बिनियोन गरिएको छ । त्यस्तै भवन तथा सहरी बिकास तर्फ १ करोड ८७ लाख रुपैया बिनियोजन गरिएको छ ।

त्यस्तै संघिय सरकारको बिशेष अनुदानबाट फुसका छाना बिस्थापित कार्यक्रमको लागी १ करोड, बिद्यालयमा महिनावारी स्वास्थ्य पोषनका लागी ५० लाख रुपैया बिनियोजन गरिएको छ । दलितहरुको परम्परागत सिप, कला तथा संस्कृतीको संरक्षण गरि गाउँपालिकामा दलित संग्राहलय निर्माणका लागी रु १२ लाख, पर्यटकिय भ्यू टावरनिर्माणका लागी रु २० लाख बिनीयोजन गरिएको छ ।

तपाईंको प्रतिक्रिया