शिक्षातर्फ तुलसीपरको बजेट यस्तो छ

 असार १०, २०७७

तुलसीपुर,१० असार ।
तुलसीपुर उपमहानरपालीकाले आगामि आर्थिक बर्ष २०७७।०७८ को लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु आर्थिक बर्षको भन्दा १ अरब २७ करोड १८ लाख ७८ हजार बढी हो । चालु आर्थिक बर्षमा १ अरब ७१ करोड, ८८ लाख ६ हजार बजेट विनियोजन गरिएको थियो । प्रस्तुत बजेटमा शिक्षा र विकास तर्फ यस्तो छ ।

शिक्षा विकास

  • एक वडा एक नमुना विद्यालय सञ्चालन गर्न र नगर स्तरिय शिक्षा गुणस्तर सुधार गुरुयोजना वनाई पूर्वाधार लगायत अन्य कार्यका साथै आवश्यक शिक्षा व्यवस्थापनका लागि रु २ करोड बजेट विनियोजन गरिएको छ ।
  • कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिनका लागि रु १० लाख विनियोजन गरिएको छ ।
  • प्रविधिको पहुँचबाट टाढारहेका विद्यार्थीहरुको लागि कार्यपुस्तक लगायतको व्यवस्था गरी शिक्षक र स्थानीय स्वंयसेवकहरुको परिचालनबाट “टोल टोलमा सिकाई” कार्यक्रमका लागि रु ५ लाख विनियोजन गरिएको छ ।
  • तुलसीपुरमा नमुना नगर पुस्तकालय स्थापनाका लागि रु १ करोड विनियोजन गरिएको छ ।
  • बालबालिकालिलाई मनोवैज्ञानिक ढँगले अध्ययन अध्यापन गराउनका लागि मन्टेश्वरीको मापदण्ड अनुसारका १० वटा बालबिकास केन्द्रको स्तरवृद्धिका लागि रु १० लाख विनियोजन गरिएको छ ।
  • विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्नका लागि यसै आर्थिक वर्षदेखि आधारभुत तह अन्तर्गत कक्षा १ देखि ५ सम्म पूर्ण रुपमा निशुल्क वनाउन आवश्यक रकम विनियोजन गरिएको छ ।
  • कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सुरक्षा प्रदान गर्न सामुदायिक विद्यालयका सबै शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई रु १ लाखको कोरोना तथा म्यादी विमा गर्नका लागि रु ७ लाख विनियोजन गरिएको छ ।
  • शिशु कक्षा सहयोगीहरुको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्तालाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
  • दरबन्दी अभाव भएका विद्यालयमा टिचफर नेपालसँगको सहकार्यमा स्वंयम्सेवक शिक्षक परिचालन गर्ने कार्यक्रमका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
  • विद्यालयहरुलाई आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा लगायत अन्य भौतिक संरचनामा थप जोड दिदै त्यस्ता संरचनाहरुलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाउनका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
  • विद्यालयको गुणस्तर अभिवृद्धि गर्नका लागि जनशक्ति व्यवस्थापन अनुदान कार्यक्रमलाई निरन्तरता दिदै आवश्यक रकम विनियोजन गरिएको छ ।
  • तुलसीपुर मेट्रो कलेज तथा तुलसीपुर बहुप्राविधिक शिक्षालय भवन तथा अन्य पूर्वाधारका लागि संघ तथा प्रदेश सरकारको विशेष अनुदानमा रु ९ करोड विनियोजन गरिएको छ । भने उपहानगरपालिकाको तर्फबाट शैक्षिक कार्यक्रम सञ्चालनका लागि रु १ करोड रकम रकम विनियोजन गरिएको छ ।
  • राप्ती बबई क्याम्पस,माध्यमिक विद्यालय दोघरे,मर्जर भएका गाँभिएका ठूला विद्यालयको शैक्षिक प्रवद्र्धन र भवन निर्माणका लागि आवश्यक वजेट व्यवस्था गरिनेछ ।
  • जनता संस्कृत मावि विजौरीको भवन निर्माण कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नका लागि संघीय सरकारको विशेष अनुदानमा रु १ करोड ७५ लाख र मावि दोघरेको नयाँ भवन निर्माणका लागि संघ र प्रदेश सरकारको समपुरक अनुदानबाट सम्पन्न गर्न रु २ करोड विनियोजन प्रस्ताव गरिएको छ ।
  • विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर कृषि, वन विज्ञान, चिकित्सा, इन्जिनियरिंग, फुड टेक्नोलोजी, मेडिकल साइन्स जस्ता प्राविधिक शिक्षा सञ्चालनका लागि संघ, प्रदेश सरकारसँग सहकार्य गरेर आवश्यक वजेट व्यवस्था गरिनेछ ।
  • कोभिड १९ का कारण विद्यालय भर्ना हुन नसक्ने बालबालिकाका लागि मेयर शैक्षिक उत्थान कार्यक्रम बाट गरिब, अल्संख्यक, दलित , विपन्न बालबालिकाहरुलाई पोशाक तथा शैक्षिक सामग्री कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ ।
  • सामुदायिक विद्यालयको शैक्षिक वातावरण हरियाली वनाउने विद्यालयलाई प्रोत्साहनका साथै वातावरण र बालमैत्री विद्यालय घोषणा गर्नेलाई प्रोत्साहन गर्नका लागि रु ५ लाख विनियोजन गरिएको छ ।
  • स्थानीय भाषा र परिवेशमा आधारित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
  • मापदण्ड अनुसारको प्रधानअध्यापक नियुक्त गरी स्वयम्सेवक शिक्षक सट्टा भर्नाका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
  • प्राविधिक शिक्षाको विकासका लागि १९ वटै वडाका छात्रछात्राहरुलाई अध्यापनका लागि रु ३ लाख विनियोजन गरिएको छ ।

तपाईंको प्रतिक्रिया