शुल्क लिए नलिएको बारेमा अनुगमन गर्दै अनेरास्ववियू
तुलसीपुर,१० असार ।
अनेरास्ववियू दाङले कोरोना महामारीको समयमा कुनै शैक्षिक संस्थाले विद्यार्थी र अभिभावकलाई शुल्क तिर्न बाध्य नपार्न चेतावनी दिएको छ। यसै क्रममा गोरखा मावि लमहिमा विद्यार्थी र अभिभावकलाई शुल्क बुझाउन दबाब दिएको कुरा बाहिर आएपछि अनेरास्ववियु दाङ जिल्ला सह संयोजक सर्जन परियारको नेतृत्वमा लमही क्षेत्रका विद्यालयमा अनुगमन गरेको छ। अनुगमन गर्दा केहि विद्यार्थी तथा अभिभावकलाई विद्यालय प्रशासनले शुल्क ताकेता गरेको तथा शुल्क समेत असुली गरेको र उक्त कार्य तत्काल रोक्ने कुरामा विद्यालय सहमत भएको अनेरास्ववियू दाङका नेता बिराज डिसिले जानकारी दिएका छन ।
सह संयोजक सर्जन परियारले कुनै पनि विद्यालयलाई शुल्क असुली कार्य तत्काल बन्द गर्न र जबरजस्ती गरे अनेरास्ववियूले सशक्त प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन । नेपाल सरकारले पनि तत्काल शुल्क असुली कार्य नगर्न अनुरोध गरेको छ ।
तपाईंको प्रतिक्रिया