चट्याङ लागेर ४ जनाको ज्यान गयो

 असार ११, २०७७

राजविराज, ११ असार ।

चट्याङ लागेर चार जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका वडानम्बर २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव र राजगढ गाउँपालिकाको वडानम्बर १ मा अर्का एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया