भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

 असार १३, २०७७

असार, १३ ।
भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ५ लाख नाघेको छ । अहिले भारतमा ५ लाख ९ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । २० जुनमा संक्रमितहरुको संख्या ४ लाख पार गरेको थियो । भारतमा कोरोना भाइरस संक्रमणको पहिलो केस जनवरी ३० मा देखिएको थियो ।

११० दिनपछि अर्थात मे १० मा यो संख्या बढेर १ लाख भएको थियो । पछिल्ला दिन संक्रमणको गति यति बढेको छ कि १५ दिनमै संक्रमितको संख्या २ लाख नाघ्यो । यसपछि संक्रमितहरुको संख्या २ देखि ३ लाख हुन १० दिनमात्र लाग्यो । त्यसपछि ३ देखि ४ लाख पुग्न ८ दिन लाग्यो भने ४ देखि ५ लाख संक्रमितको संख्या पुग्न ६ दिन लाग्यो ।

यसको मतलब अब हरेक ६ दिनमा १ लाख नयाँ संक्रमितहरु देखापर्ने छन् । यहि गतिमा अघि बढ्ने हो भने भारत विश्वमा तेश्रो सबैभन्दा बढी संक्रमित हुने देश बन्नेछ भने अर्को हप्तासम्म रुसलाई पनि पछाडि पार्नेछ । भारतमा अहिलेसम्म १५ हजार ६ सय ८९ संक्रमितहरुको मृत्यु भैसकेको छ ।

तपाईंको प्रतिक्रिया