कोरोना संक्रमितको संख्या १२ हजार ३ सय

 असार १३, २०७७

तुलसीपुर,१३ असार ।

नेपालमा थप ५५४ जना कोरोना संक्रमित फेला परेका छन्। १२० जना महिला र ४३४ जना पुरुष गरी ५५४ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ । १३६९ महिला र १०९४० जना पुरुष गरी १२३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

हालसम्म नेपालमा २८३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २४२ महिला र २५९२ पुरुष रहेका छन्। गत चौबिस घण्टामा मात्रै १८ महिला र ११८ पुरुष गरी १३६ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ।

तपाईंको प्रतिक्रिया