चौरजहारीका किसालाई भैंसी वितरण

 असार १४, २०७७

तुलसीपुर,१४ असार ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले किसानहरुलाई भैसी वितरण गरेको छ । कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा किसानहरुलाई दुग्ध प्रवद्र्धनका लागि रागाँ तथा भैसि वितरण गरेको हो । पहिलो दिन ३७ घरलाई वितरण गरिएको जनाईएको छ ।

कार्यक्रममा नगर प्रमुख विशाल शर्माले भैसी पालेर आर्थिक रुपमा सक्षम बन्न आग्रह गरेका थिए । उनले भैसी नपालेर विक्रि वितरण गरेको पाईए कारबाही हुने समेत बताएका छन । सो अवसरमा नगर प्रमुख शर्मा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, लगाएतको सहभागिता रहेको प्रेस संयोजक ज्ञानु गौतमले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया