डानीको दुई गोलमा साउथह्याम्पटनको सहज जित

 असार १५, २०७७

१५ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतवार राति भएको एक मात्र खेलमा साउथह्याम्टन विजयी भएको छ । डानी इङ्गसले दुई गोल गरेपछि साउथह्याम्पटनले वाटफोर्डलाई ३-१ ले पराजित गरेको हो ।

वाटफोर्डको मैदानमा भएको खेलको १६औं मिनेटमा इङ्ग्सले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । ७०औं मिनेटमा इङ्ग्सले गोल गर्दै साउथह्याम्पटनको अग्रता दोब्बर पारे ।

७९औं मिनेटमा साउथह्याम्पटनका जान जेडनरेकले आत्मघाती गोल गरेपछि वाटफोर्डले गोलअन्तर कम पार्ने अवसर पाएको थियो । तर ८२औं मिनेटमा जेम्स वार्ड प्रोवसले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि साउथह्याम्पटन ३-१ ले विजयी भएको हो ।

जितपछि ३२ खेलबाट ४० अंक जोड्दै साउथह्याम्टन अंक तालिकामा १३औं स्थानमा उक्लेको छ । ३२ खेलबाट २८ अंक रहेको वाटफोर्ड १६औं स्थानमै यथावत छ र रेलिगेसन जोनबाट एक अंकले मात्र सुरक्षित छ ।

तपाईंको प्रतिक्रिया