एक्सरे गर्न गएकी महिलालाई स्वास्थ्यकर्मीले नांगै पारेपछि…

 असार १५, २०७७

तुलसीपुर,१५ असार ।

एक्सरे गर्न गएकी महिलालाई नांगै पारेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन । घोराही स्थित गोरखा हस्पिटलमा रेडियो ग्राफिक्स पदमा कार्यरत बबई गाउँपालिका वडा नम्बर ५ निवासी २२ वर्षीय नवराज डाँगीलाई उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न जादा डाँगीले ती महिलालाई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी ती महिलाका श्रीमानले हिजा नै दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन । स्वास्थ्यकर्मीमाथी छानविन भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया