विभेद अन्त्यका लागी आरक्षणको आवस्यकता

 जेठ १९, २०७७

तुलसीपुर,१९ जेठ ।

नेपालमा आरक्षण बाहुन र क्षेत्री ( वाहुनबाद जातलाई नभई ब्यवहारलाई भनिएको) बाहेक अरु सबै जातले पाउने गर्छन , पाउनु स्वभाविक पनि हो किनकी अरु जातले ईतिहास देखीनै उत्पीडन , दमन , शोषण , थिचोमिचो , विभेद भोग्दै आए । त्यसैको न्याय वापतको प्रतीफल हो अहिलेको आरक्षण । कसले के गर्यो ? कस्ले मिहेनत गरेर पढ्यो ? भन्ने कुरा हामी सबै साक्षी छौ र इतिहास पनि साक्षी छ । सरकारी नोकरी लगायत अन्य सेक्टरमा आरक्षण किन आबश्यक्ता छ ? मेरा यी विचार बुदागत रुपमा यस प्रकार छन ।

  • दलित अथवा अन्य कुनै उत्पीडन वर्गले सधै वाहुनवादको घाँस काट्ने काम गरे , उनिहरुको भैंसी चराए , जुत्ता सिलाए , भाडावर्तन बनाईदिए , फोहोरी नाला सफा गरे सधियो दास भएर काम गरि रहे ।
  • उनिहरुलाई सिमित औकातमा बाध्यात्मक रुपमा रमाउन सिकाए , स्कुलको लागि ढोका बन्द गरिदिए , कहि फ्रन्ट लाइनमा गएको कि अलग गराईदिए ।
  • हरेक कुरालाई ब्राह्मणबादले आफनै कब्जामा राखी रह्यो पुलिसमा आफ्नै कब्जामा , अस्तपातल , स्कुल , मठ मन्दिर हरेक सुख सुबिधाको तन्त्रमा हाबी भै रह्यो ।

अत: पढाईमा पनि प्रतिस्पर्धा गर्न किन नदिएको ? आरक्षण अन्त्यनै गर्ने हो भने सबैले एउटै बिन्दुमा आएर रेस लगाउन जरुरि छ , यदि त्यसो नै हो भने आफ्नो पुस्तालाई त्यागौ र दलित तथा उत्पीडितको वस्तिमा जाऔं । एकपटक उनिहरुको पीडा र थोमिचोलाई चाखेर हेरौ । उनिहरु जस्तै जुत्ता सिलाएर , भाडा वर्तन वनाएर , सिमित औकातमा रहेर, घाँस काटेर थिचोमिचो सहेर , विभेद सहेर मुकाबिला गर्न सक्छौ ? हिजोको दिनमा कानुननै उनीहरुको विरुद्धमा थियो ।

अहिले आएर नेपालको संविधानले अधिकार र हक दिएको बेला हामी न आत्तियो । तसर्थ सरकारी नोकरी लगायतका क्षेत्रमा उनिहरुको प्रबेश हुनु जरुरी छ । विगतका शासकहरुले गरेको विभेद नै अहिले आरक्षण वा न्याय हो । यो विभेद अन्त्य नहुदा सम्म आरक्षण हुनु आवश्यक छ ।

तपाईंको प्रतिक्रिया