सोति घटनाकाे बिराेधमा बाँफिकोटमा प्रदर्शन

 जेठ १९, २०७७

हिरा परियार,रुकुम,१९ जेठ ।

रुकुम चौरजहरी सोतिको घटनाको बिरोधामा बाँफिकोटमा पनि र्याली रुकुम पश्चिम् को बाँफिकोट गाउँपालिकामा पनि चौरजहारी नगरपालिका सोति घटना लाई लिएर बिरोध प्रदर्शन गरियको छ । दलित मुक्ती सङगठन बाँफिकोट गाउँपालिकाको ब्यबस्थापन र संयुक्त दलित क्रीयाशिल मन्च बाँफिकोटको आयोजनामा बिरोध प्रदर्शन गरिएको हो ।

बिरोध र्यालीलाई सम्बोधन गर्दै दलित मुक्ती सङठन बाँफिकोट गाउँपालिकाका अध्यक्ष दिपक बि.क.ले सोति घटना लाई ढाकछोप गरे कडा बिरोधमा उत्रीने बताउनुभएको छ। घटनाका दोषिलाइ कानुनी कड्घरामा नल्याए जुन सुकै कदम चल्न सकिने चेतवनी दिनुभएको छ । यस्तै दलित मुक्ती सङगठन बाँफिकोट गाउँपालिकाका संयोजक दिपक बिक को नेतृत्वमा सोति घटनाको बिषयमा ४ बुँदे माग सहित ज्ञापन पत्र बुझाइयको छ । घटना को सत्य तथ्य छानबिन को माग गर्दै गाउँपालिका अध्यक्ष धर्म बहादुर केसि,नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँफिकोट गाउँपालिका अध्यक्ष कबिराम खत्री, इलाका प्रहरी कर्यालय बाँफिकोटका प्रमुख कर्ण बहादुर बिश्वकर्मालाई ज्ञापन पत्र बुझाइएको हो ।

उक्त घटनाका दोषिलाइ हदै सम्म को कर्बाही होस,मृतकलाइ सास्कृतिक सहिद घोषणा,पिडित परिवारलाइ उचित क्षतिपुर्ती को ब्यबस्था र सोति घटनाका घाइतेको नि:शुल्क उपचारको माग सहित को ज्ञापन पत्र बुझाइएको छ। बिरोध र्यालिमा ६ जना को ज्यान जाने गरि भएको सोति घटनाका दोषिलाइ जन्म कैद गर, दोषिलाइ ढाकछोप गर्न पाइदैन, घटना का मृतक लाई सास्कृतिक सहिद घोषना गर, पिडित परिवारलाई क्षतिपुर्तीको ब्यबस्था गर, गैर राजनितिक हस्तक्षेप बन्द गर,जातिय विभेद पुर्ण रुपमा बन्द गर लगाएतका नाराहरु लगाउदै गाउँपालिका कार्यालय परिक्रमा गरिएको छ।।

तपाईंको प्रतिक्रिया