बबईमा ३ सय बढि क्वारेन्टाइनमा

 जेठ २०, २०७७

सुहाना लामा,हापुरे,२० जेठ ।

बबई गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेेेेकाे संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सुरुमा २० बेडको क्वारेन्टाइन सन्चालन गरेको गाउँपालिकाले अहिले ३ वटा स्थानमा क्वारेन्टाइन सन्चालन गरि ३ सय ३६ जनालाई राखेको छ । भारत लगायत ठाउँबाट घर फर्किनेहरुको चाप बढ्न थाले पछि स्थानीय सरकारको सहयोगको लागि स्थानिय ब्यबसायिहरुले क्वारेन्टाइनलाई आर्थिक सहयोग गर्न थालेका छन ।

यसै क्रममा केही स्थानियहरुले तरकारी, चामल लगाएतका खाध्यान्न सहयोग गरेका छन । यस्तै बबई गाउँपालिका ४ हापुरेमा रहेको भुषाल एग्रोभेटका सन्चालक नबराज भुषालले नगद १५ हजार सहयोग गर्नु भएको छ । नागरिकलाई क्वारेन्टाइनमा ब्यबस्थापन गर्न सहज होस भन्ने उध्यस्यले सहयोग गरिएको उहाले बताउनु भयो । यसै बिच बबई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३२६ जना मध्य १२३ जनाको पिसिआर स्वाब संकलन गरिएको छ ।

उनिहरुको रिपोर्ट आउन बाकी रहेको गाउँपालिकाका कोरोना फोकल पर्सन शरद गिरिले जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले सम्म २१४ जनाको स्वा परिक्षण भएको छ ।।

तपाईंको प्रतिक्रिया