पाँच नम्बर प्रदेशका ११ जिल्लामा फैलीयो कोरोना

 जेठ २०, २०७७

तुलसीपुर,२० जेठ ।

प्रदेश ५ मा ११ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । आज प्युठानमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेशका ११ वटा जिल्लामा संक्रमण पुष्टि भएको हो । अब रोल्पामा मात्रै संक्रमण भेटिएका छैनन ।

दाङमा आज ८,कपिलवस्तुमा १६ जना,रुपन्देहीमा १०, बाँकेमा १७, बर्दियामा ३,प्युठानमा १ र नवलपरासी पश्चिममा एकजना नयाँ संक्रमित भेटिएको पाँच नम्वर प्रदेश सामाजिक विकास मन्त्रालय चिकित्सा विकास तथा महाशाखा प्रमुख डाक्टर उमा शंकर प्रसाद चौधरीले जानकारी दिएका छन् ।

प्रदेशमा कोरोना भाईरसकै कारण बाँकेमा एक जना, गुल्मीमा एक जना र अर्घाखाँचीमा एक जना गरी तिन जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । प्रदेशमा हाल सम्म सक्रमित मध्ये ७४ जना निको भईसकेका छन् ।

तपाईंको प्रतिक्रिया