द्वन्द्वकालमा राखिएका बम खाेजेर निष्क्रिय गर्न सांसद देवकाेटाकाे माग

 जेठ २१, २०७७

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर निष्क्रिय गर्न सरकारसँग आग्रह गर्नुभयो । रोल्पामा गएकाे वैशाख १८ गते बम विस्फोटबाट चार जना बालबालिको निधन भएको स्मरण गराउँदै उहाँले बमहरु खाेजेर निष्क्रिय गर्न आग्रह गर्नुभएको हो ।

तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोहका बेला लुकाएका बमहरु पड्केर जनता त्रसित भएको भन्दै उहाँले तत्काल खोजी गरी निष्क्रिय गर्नुभएकाे हाे । उहाँले भन्नुभयो, ज्ञानका आधारमा, जानकारीका आधारमा कुन–कुन ठाउँमा बमहरु लुकाइएको छ, खोजी गरी डिस्पोजल गर्न आगह गर्दछु ।’

तपाईंको प्रतिक्रिया