रुकुमकाे त्याे नरसंहार: कसरी मनाउने दिवस

 जेठ २१, २०७७


तुलसीपुर ,२१ जेठ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका अवसरमा बुधवार तुलसीपुरमा दलित युवाहरुले निधारमा कालो पट्टी बाँधेर दिवस मनाएका छन । विभिन्न कार्यक्रम गरि दिवस मनाउने गरेतापनि गत जेठ १० गते रुकुम पश्चिममा भएको नरसंहार घटना भएको भन्दै उनीहरुले दिवस मनाउनुको औचित्य नभएको टिप्पनी गरेका छन् ।

सयुक्त युवा समुहको संयोजक खेमराज बिकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जातिय विभेद अन्त्यका लागी बनेका कानुनहरु कागजमै सिमित भएको बताएका छन् । बनेका संबैधानिक अधिकार कार्यान्वयनमा राज्य गम्भीर नहुदा जातीय विभेदका नाममा घटनाहरु समाजमा भईरहेको उनीहरुको भनाई थियाे ।

साथै उनीहरुले कागजमा उल्लेख भए अनुसार दिवस मनाएर मात्रै विभेद अन्त्य नहुने बताएका छन् । मेघराज सोनिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दलित अधिकारकर्मी निर्मल नेपाली , निर्मला गुप्ता, नारायण परियार, इस्वरी सुनार, चेत बहादुर सेर्पाइली, देबिका नेपाली र घनश्याम सेर्पाइलीले लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन प्रकाश सेर्पाइलीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया