रुकुम घटना: १३औँ दिनमा श्रद्धाञ्जली सभाको आयोजना

 जेठ २२, २०७७

तुलसीपुर,२२ जेठ ।
रुकुम पश्चिम घटनामा परी ज्यान गुमाएको १३औँ दिनको पुण्यतिथिका अवसरमा आज तुलसीपुरमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ । दलित नागरिक समाज दाङको आयोजनामा सभा सम्पन्न भएको हो । सभालाई सम्वोधन गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य देवराज विश्वकर्माले जातियताको आधार भएको घटना प्रति दुख व्यक्त गर्दै दोषि माथी कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।

मृतकहरु प्रति श्रद्धान्जली व्यक्त गदै दलित अधिकारकर्मी समेत रहेका विश्वकर्माले राज्यले उचित छानविन गरी न्याय नदिए आफुहरुको लागी त्यो शैह्य नहुने बताएका छन् । यस्तै दलित अधिकारकर्मी जोगेन्द्र विश्वकर्माले राज्यले घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने बताएका छन् । घटनाको दोषिलाई कारवाहीको माग गदै चौतर्फी विरोध भईरहेको हुदा सरकारले घटनालाई कुनै तोडमोड नगरी दोषिलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

सो अवसरमा दलित अधिकारकर्मी निर्मल नेपाली, देवीका नेपाली, राधिका परियार, युवा करारा, लिला विक, घनश्याम सेपाईली, मेघराज सोनी, यमुना परियार, बावुराम विश्वकर्मा, किरण विश्वकर्मा, ईश्वरी सुनार, जितेन्द्र प्रकास वली लगाएतले श्रद्धान्जली व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पोषण सेन्चुरीले गरेका थिए ।

गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा मल्ल थरकी केटिलाई लिन भनि गएका जाजरकोटका नवराज विक सहति ६ जनाको शव भेरी नदिमा फेला परेको छ ।

तपाईंको प्रतिक्रिया